Loading...

इन्स्योरेन्सको एफपीओमा पहिलो दिनमै ३ अर्ब २५ करोड रूपैयाँ आवेदन

 नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा पहिलो दिनमै ३ अर्ब २५ करोड रूपैयाँभन्दा बढी आवेदन परेको छ । २१ हजार जनाले बुधबारमात्रै सेयर भरेका छन् ।

केही संकलन केन्द्रको जानकारी आउन अझै बाँकी भएकोले यो आवेदन रकम थप बढ्न सक्ने देखिएको छ । यो एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार नौ सय ६० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब १६ करोड ७५ लाख रूपैयाँ रहेको छ । एफपीओ बाँडफाटपछि कम्पनीको चुक्ता पुँजी २अर्ब ४७ करोड ७१ लाख ४२ हजार नौ सय रूपैयाँ पुग्नेछ ।

एफपीओ बिक्रीबाट जम्मा भएको रकममध्ये प्रतिकित्ता एक सय रूपैयाँका दरले आउने ३० करोड ९६ लाख चुक्ता पुँजीमा जोडिने छ भने प्रिमियमबाट संकलन भएको ४ अर्ब १० करोड रकम सञ्चितीमा जम्मा हुनेछ । सञ्चितीमा जोडिएको रकम भविष्यमा बोनस प्रदान गर्न पनि सहयोगी हुने छ । गत आव अन्त्यमा ४९ करोड सञ्चिती रहेको  छ । कम्पनीले चालु आव अन्त्यमा १ अर्ब ५ करोड नाफा हुने प्रक्षेपण गरेको छ । यही कारण पुरानो नाफा सहित १ अर्ब ७५ करोड सञ्चिती बढ्ने देखाएको छ । कम्पनीले चालु आव अन्त्यमा सञ्चिती रकम ६ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।
Share on Google Plus
loading...