सूर्योदय लघुवित्तले गर्दै छ सूर्योदय लघुवित्त विशेष साधारण सभा | केके छ प्रस्ताबहरु ?

सूर्योदय लघुवित्तले गर्दै छ सूर्योदय लघुवित्त विशेष साधारण सभा | केके छ प्रस्ताबहरु ?

February 22, 2019 0 By khabarservice

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिवार (फागुन ११) विशेष साधारण सभा आयोजना गर्दैछ ।

सभा पुतलिबजार, स्याङ्जामा दिउँसो १ बजे शुरू हुनेछ । सभामा कम्पनीले कार्य क्षेत्र २३ जिल्लाबाट विस्तार गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने र मर्जर तथा एक्विजिशन लगायतका प्रस्तावहरू लैजाँदैछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका फागुन २ गते बन्द गरेको छ । फागुन १ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न सक्नेछन् ।