२ अर्ब डलर कमाए मस्कले एकै दिनमा

२ अर्ब डलर कमाए मस्कले एकै दिनमा

October 2, 2018 0 By khabarservice

अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी ‘टेस्ला इङ्क’का सह-संस्थापक एलन मस्कले एकै दिनमा करीब २ अर्ब डलर कमाएका छन् ।

सोमवार कम्पनीको शेयर मूल्यमा भएको उत्साहजनक वृद्धिसँगै मस्कको नेटवर्थ पनि १ अर्ब ७० करोड डलरले बढेको हो । योसँगै सोमवार उनको नेटवर्थ २३ अर्ब २० करोड डलरमा पुगेको छ ।

यद्यपि, यो अगष्ट ७ मा उनले टेस्लालाई प्रभाइभेट बनाउने ट्विट गरेको अघिल्लो दिनको तुलनामा १ अर्ब २० करोड डलर कम हो । अगष्ट ६ मा उनको नेटवर्थ २४ अर्ब ४० करोड डलर रहेको ब्लुम्बर्गको बिलिनियेर्स इन्डेक्सले देखाएको छ ।पछिल्लो एक महीनामा उनले ३ अर्ब डलर बराबरको नेटवर्थ गुमाएका थिए ।

तर अमेरिकी शेयर बजार नियामक सेकसँग उनीमाथिको धोकाधडीसम्बन्धी मुद्दा राफसाफ गर्न सहमति भएपछि कम्पनीको शेयर मूल्य उकालो लागेको छ । योसँगै टेस्लामा २० प्रतिशत शेयरका मालिक मस्कको नेटवर्थ पनि बढ्न थालेको छ । एजेन्सी