यसरि हेर्नुस छ्याङ्दी हाइड्रोको IPO नतिजा

यसरि हेर्नुस छ्याङ्दी हाइड्रोको IPO नतिजा

July 1, 2017 2 By khabarservice

छ्याङ्दी हाइड्रो पावरको साधारण शेयर IPO शनिबार बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको पाँच लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शनिबार टङ्गालस्थित अम्रपाली व्याङवेटबाट कम्पनीको शेयर बाँडफाँट गरेको थियो ।

कम्पनीको शेयरमा न्यूनतम ५० कित्ता देखि ७१० कित्तासम्म शेयर आवेदन दिनेले गोलाप्रथाबाट १० कित्ता शेयर पाएका छन् भने सोभन्दा माथि आवेदन दिनेले अनिवार्य १ दशमलव २४ प्रतिशतका दरले शेयर पाएका छन् ।

छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सय रुपैयाँ अंकित मूल्यमा ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीको शेयरमा तीन अर्ब ७७ करोड रुपैयाँको आवेदन परेको थियो । जसमा आवेदन दिएका ९१ हजार ६९७ वैद्य आवेदनमध्येबाट ३२ हजार आठ सय २४ जनाले मात्रै शेयर प्राप्त गरेका छन् ।
तपाइले आफ्नो नतिजा हेनको लागि यहाँ क्लिक गर्नुहोला