लुट्न सके लुट कान्छा बोलको  गीतले संसद बैठक ततायो

लुट्न सके लुट कान्छा बोलको गीतले संसद बैठक ततायो

February 18, 2019 0 By khabarservice

चर्चित लाेक गायक पशुपति शर्माको विवादित लुट्न सके लुट कान्छा’ गीतका विषयमा प्रतिनिधि सभालाई समेत तताएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक शर्माको गीतमाथि प्रतिबन्ध लगाएको भन्दै कडा आपत्ति जनाए ।

उनको गीत प्रतिबन्ध लगाएर वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै उनले सरकारको कडा आलोचना गरे । सोही क्रममा सांसद सिंहले फागुन महिनाको आफ्नो तलबबाट २५ हजार रुपैयाँ दिएर गायक शर्मालाई सम्मान गर्ने घोषणा गरे ।

बिहीबार आफ्नै युट्युब च्यानलमा हालेको सो गीत गायक शर्माले भोलिपल्ट शुक्रबारै हटाएका थिए ।

सत्तारुढ दलका कार्यकर्ताबाट धम्की आएपछि शर्माले गीत हटाएको चर्चा चलेको छ भने सत्तारुढ निकट युवा संघ नेपालले गायक शर्माको क्यारियर नै सखाप पार्ने धम्की सहित धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको थियो ।