”  नेपाने बुद्ध पार्ककाे  ल्हाेछार कार्यक्रम  अन्तिम तयारी “

” नेपाने बुद्ध पार्ककाे ल्हाेछार कार्यक्रम अन्तिम तयारी “

March 6, 2019 0 By khabarservice

सुनिल लामा दाप्चा काभ्रेपलान्चोक हरेक बर्षहरुमा झैँ याे बर्ष पनि नमाेबुद्ध नगरपालिका -९ नेपानेकाे बुद्ध पार्कमा ” कला , संस्कृति संरक्षणकाे अभियान , ल्हाेछार हाम्राे पहिचान ” भन्ने मुल नाराका साथ व्यापकरुपमा ल्हाेछार सांस्कृतिक कार्यक्रम तथा शुभकामना अादन प्रदान यही फागुन २४ गते हुने भएकाे छ । नेपाने बुद्ध पार्क निर्माण तथा संरक्षण समिति र नेपाने युबा समाजकाे संयुक्त अायाेजनामा ल्हाेछार विशेष सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

काभ्रे क्षेत्र नं एक (ख) का संसद माननीय चन्द्र लामाकाे प्रमुख अातिथि रहने छ भने स्थानी नेता , बुद्धिजीवी , समाजसेवी , पत्रकार , शिक्षक तथा विभिन्न संघ संस्थाहरुकाे प्रतिनिधि ज्युहरु अतिथिकाे रुपमा उपस्थिति रहनेछ । साथै कार्यक्रमकाे सांगीतिक महाेल तताउन राष्ट्रिय स्तरका कलाकारहरु ईन्दिरा गाेले , विश्व दाेङ , प्रयास दाेङ , विशाल थिङ , सुनिता लुङ्बा , जितु लाेप्चन र मन्सु तामाङ काे बेजाेड प्रस्तुति रहनेछ ।

सांस्कृतिक बिबिधतामा धनी दाप्चाबाजार नजिकै रहेकाे नेपाने बुद्ध पार्क अहिले बनभाेजकाे लागि गन्तव्य मात्रै नभएर भाबि दिनहरुमा अान्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने तयारी हुँदै गरेकाे अबस्थामा छ । बाैद्ध धर्मावलम्बीहरुकाे धार्मिक गन्तव्य बन्ने बिश्वासका साथ यहाँ गाैतम बुद्धकाे अग्लाे मुर्ति र पिकनिक स्पाेट बनाउने कार्य धमाधम भईरहेकाे छ । समुन्द्री सतहबाट धेरै अग्लाे ठाउँमा रहेकाे याे नेपाने बुद्धपार्क वरिपरि हरियाली जंगलले बाताबरण स्वच्छ बनाएकाे छ र उक्त डाँडाबाट हाँसिरहेका हिमालका मनमाेहक दृश्यहरु सजिलैसँग देख्न सकिन्छ । स्थानीय युबा , समाजसेवी , नेता साथै सराेकारवाला सम्पूर्णकाे पहलमा केन्द्रीय स्तरबाट समेत बुद्ध पार्क निर्माणका लागि बजेट पार्न सफल भएकाे छ । तसर्थ निर्माण कार्य तिब्र रुपमा भईरहेकाे छ । नमाेबुद्ध पछि दाप्चा क्षेत्रकै एउटा अाकर्षक धार्मिक र पर्यटकीय स्थाल बन्नेछ भनेर बुद्ध पार्कका स्थानीय युबा नेता देब राज लामाले बताउनु भयाे । साथै उहाँले यस निर्माण कार्य सफल बनाउन सम्पूर्णकाे साथ सहयाेग र समर्थनकाे अपेक्षा समेत राख्नु भयाे ।