” मलेसियामै अस्तायो बीर बहादुर “

” मलेसियामै अस्तायो बीर बहादुर “

March 30, 2019 0 By khabarservice

बैदेशिक राेजगारकाे शिलशिलामा करिब छ साल अघि मलेसिया छिरेकाे काभ्रे , नमाेबुद्ध नगरपालिका वडा नं -९ गहते स्थायी ठेगाना भएकाे वीर बहादुर तामाङकाे मार्च २९ तारिख हृदयघातकाे कारणले निधन भएकाे छ ।

ड्युटी सकेर काेठामा फर्केर खाना खाने तरखरमा रहदै गर्दा अचानक हृदयघात भएर मृत्युु भएकाे जानकारी प्राप्त भएकाे छ । मृत्यु भएकाे खबर सहकर्मी साथीहरुले हाल मलेसियामै रहेकाे नमाेबुद्ध -१० का धन गाेलेलाई खबर गरिएकाे र धन गाेलेले यु ए ई मा रहेकाे काभ्रे सेवा समाज यु ए ई का प्रचारप्रसार बिभाग प्रमुख सुनिल लामालाई जानकारी दिएपश्चात सम्पूर्ण मलेसियामा रहेकाे नजिककाे अाफन्तहरु र नेपालमा रहेकाे मृतककाे सराेकारवाला लगायत सम्बन्धित वडाकाे अध्यक्ष मेल बहादुर लामालाई समेत जानकारी दिनु भयाे ।

मृत्युकाे खबर प्राप्त भएपछि हाल मलेसियामा रहेकाे मृतककाे बाजे नाता पर्ने करण तामाङले सम्पूर्ण कूराहरु बुझ्नुभयाे । सकेकाे सहयाेग ब्यक्तिगत र संस्थागत रुपमा समेत गर्ने बताउनु भयाे ।
मृतक मलेसियामा गैरकानुनीरुपमा काम गर्दै अाएकाे हुनाले केही क्षतिपूर्ति नपाउने र लाग्ने खर्चकाे समस्या भएकाे करण तामाङ ले जानकारी दिनु भयाे । साथै मलेसियामा रहेकाे नजिककाे अाफन्तहरु र काभ्रे कल्याणकारी मलेसियाकाे प्रतिनिधिहरु नेपाली राजदुतावासमा गएर यथाशीघ्र मृतककाे लास नेपाल पठाउन गर्नु पर्ने सम्पूर्ण कार्यहरु भईसकेकाे र अार्थिक समेत जुटिसकेकाे तामाङले बताउनु भयाे । साथै सबै प्रकृया मिलाएर सम्भब भएसम्म यही मंगलबार भित्रमा नेपालमा मृतककाे लास अाईपुग्ने नेपाली राजदुतावास मलेसियाले सराेकारवालाई जानकारी गर्नुभयाे । मृतककाे श्रीमती एक छाेरी र दुई छाेरा छन्।