५० प्रतिसत हकप्रद सेयर निस्कासन गर्ने तयारीमा यस माइक्रोफाइनान्स

५० प्रतिसत हकप्रद सेयर निस्कासन गर्ने तयारीमा यस माइक्रोफाइनान्स

November 28, 2017 0 By khabarservice

फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो साधारण सभा बाट पारित भएको २ बराबर १ कित्ताको दरले हकप्रद निस्कासन गर्ने भएको छ । कम्पनीले  ५० प्रतिशत हकप्रद सेयर  निष्कासनको लागि सेवोनमा निवेदन दिएको छ ।

कम्पनीले एक सय रुपैया अंकित मुल्यमा  २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको हकप्रद सेयर निस्कासन तथा बिक्रि प्रबन्धकको काम  ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

कम्पनीको गत असोज ८ मा सम्पन्न ८ औं वार्षिक साधारण सभा मार्फत १५ प्रतिशत बोनस शेयर र ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको हो । कम्पनीले १५ प्रतिशत बोनस शेयर पश्चात कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी ४५ करोड ६२ लाख ६३ हजार रुपैया रहेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले  २ करोड ४१ लाख ३० हजार नाफा कमाएको छ ।