नेपालमा भेटियो ३ आँखा, २ मुख भएको गाई : लक्ष्मी माता मानेर हेर्नेको घूइँचो

नेपालमा भेटियो ३ आँखा, २ मुख भएको गाई : लक्ष्मी माता मानेर हेर्नेको घूइँचो

November 21, 2017 0 By khabarservice

गुल्मी, ५ मंसिर । गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको हो ।

मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ।
सो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न आउनेहरुले ढोग्ने र भेटी चढाउने गरेको मन्दिर संरक्षण समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ ।

यो गाई देख्दा मात्रै होइन, यसको विशेषता पनि अचम्मको रहेको छ । यो गाईले नव्याउँदै दुध दिने गरेको छ । जन्मेको ९ महिनादेखि गाईको कल्चौडो ९फाँचो० बढेको र दैनिक आधा माना दुध दिने गरेको मन्दिरका सदस्य दाहालले जानकारी दिए ।

हिन्दू धर्म अनुसार गाइलाई लक्ष्मीमाता भनेर पुजा समेत गर्ने गरिन्छ । अझ यस्तो अनौठो प्रकारको गाईमा शक्तिस्वरुप भएको कतिपयको भनाई रहने गरेको छ ।