नेपाल कम्युनिटीको १२० प्रतिसत हकप्रदका लागि असोज १८ गते हुने भयो बुक क्लाेज

नेपाल कम्युनिटीको १२० प्रतिसत हकप्रदका लागि असोज १८ गते हुने भयो बुक क्लाेज

September 19, 2017 0 By khabarservice

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई १ बराबर १.२ अनुपातमा हकप्रद शेयर दिने भएको छ । उक्त हकप्रद शेयरको लागि असोज १८ गते शेयर धनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । यस अर्थमा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकले एक सय रुपैया अङ्कित मुल्यमा हाल कायम चुक्ता पूँजीको १२० प्रतिशतले हुन आउने  २६ लाख ४३ हजार ५ सय ३८ कित्ता हकप्रद सेयर विक्री गर्न लागेको हो ।

बैंकको हकप्रद सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

बैंकको हाल चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल कम्युनिटीको हकप्रदपछि ४८ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी पुग्ने छ ।

बैंककोे प्रतिशेयर आम्दानी १६ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ७३ गुणा, प्रतिशेयर नेटवर्थ १२७ दशमलव ०९ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ३९ प्रतिशत रहेको छ ।