माइक्रोफाइनान्सको हकप्रद बुधवारदेखि

माइक्रोफाइनान्सको हकप्रद बुधवारदेखि

September 20, 2017 0 By khabarservice

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गते बुधवारदेखि हकप्रद शेयरको विक्री खुला गर्ने भएको छ । कम्पनीले १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद शेयरको विक्री खुला गर्न लागेको हो । हकप्रदका लागि कम्पनीले भदौ ११ गते बुक क्लोज गरेकाले भदौ १० गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद भर्ने अन्तिम मिति कात्तिक ७ गतेका लागि तोकेको छ । हकप्रदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सीटीसी मल सुन्धारा तथा सिभिल बैङ्कका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

हाल ३ करोड २२ लाख चुुक्तापूँजी रहेको किसानको हकप्रद बाँडफाँट पश्चात ४ करोड पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४३ लाख ६० हजा नाफा कमाएको छ । किसानले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट साउन २० गते स्वीकृति पाएको थियो । हकप्रद बाँडफाँट पश्चात किसानको पूँजी संरचना संस्थापकको ६० र सर्वसाधारणतर्फको ४० प्रतिशत कायम हुनेछ । किसानले आव ०७६/७७ सम्म ७ करोड २० लाख चुक्तापूँजी पुर्याउने प्रक्षेपण गरेको छ ।