ओम डेभलपमेण्टको आजबाट हकप्रद शेयर विक्री खुल्ला

ओम डेभलपमेण्टको आजबाट हकप्रद शेयर विक्री खुल्ला

October 9, 2017 0 By khabarservice

ओम डेभलपमेण्ट बैंकले असोज २३ गते सोमवारदेखि हकप्रद शेयर विक्रीमा ल्याउने भएको छ । ओमले १० बराबर ३ को अनुपातमा प्रतिशेयर एक सय अङ्कित मूल्यको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता विक्रीमा ल्याउने लागेको हो ।

हकप्रदका लागि ओमले भदौ ३० गते बुक क्लोज गरेकाले भदौ २९ गतेसम्म कायम शेयर सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन् । हाल १ अर्ब ६४ करोड ३९ लाख ४४ हजार चुक्तापूँजी रहेको ओमको हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात चुक्तापूँजी २ अर्ब १३ करोड ७१ लाख २८ हजार पुग्नेछ । लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं र ओमको केन्द्रीय कार्यालय पोखरालगायत अधिकांश शाखा कार्यालयबाट कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिनेछ । ओमले गत आर्थिक वर्षको चौथो त्रैमासमा  ४३ करोड ३४ लाख ४५ हजार नाफा कमाएको छ ।