सिद्धार्थ इन्स्योरेन्सले बोनस सेयर र हकप्रदबाट ५५ प्रतिसत पुंजी बृद्दी गर्दै

 सिद्धार्थ इन्स्योरेन्सले बोनस सेयर र हकप्रदबाट ५५ प्रतिसत पुंजी बृद्दी गर्दै

October 23, 2017 0 By khabarservice

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्ना लगानीकर्ता लाइ बोनस शेयर दिने प्रस्ताब गरेको  छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्ता लाइ २० प्रतिसत बोनस सेयर दिने भएको हो।

कम्पनिको कार्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुन आउने पुँजीको ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस शेयर र हकप्रद शेयर भने लगानीकर्ताले कम्पनीको आगामी १६औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।