तिन कम्पनीको हकप्रद सेयर आउदै, धितोपत्र बोर्डले दियो अनुमति

तिन कम्पनीको हकप्रद सेयर आउदै, धितोपत्र बोर्डले दियो अनुमति

November 12, 2017 0 By khabarservice

तीन कम्पनीले हकप्रद विक्रीका लागि स्वीकृति पाएका छन् ।  नेपाल धितोपत्र बोर्ड (सेवोन) ले कात्तिक २३ गते एकै दिन सेन्ट्रल फाइनान्स, पु्रडेन्सियल इन्स्योरेन्स र साङ्ग्रीला डेभलपमेण्ट बैंकलाई हकप्रद विक्रीका लागि स्वीकृति प्रदान गरेको हो । बोर्डको स्वीकृति पाएसँगै सेन्ट्रल फाइनान्सले २ बराबर १ को अनुपातमा एक  सय रुपैया अङ्कित मूल्यमा २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ७५ कित्ता हकप्रद विक्रीका लागि बाटो खुलेको छ । यसमा विक्री प्रबन्धकको काम एनआईबिएल क्यापिटल मार्केट्सले गर्नेछ ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले १ बराबर शून्य दशमलव ३० को अनुपातमा १२ लाख ८३ हजार ४० कित्ता र साङ्ग्रीलाले १० बराबर ८ को अनुपातमा १ करोड ८ लाख ६७ हजार ७ सय ९८ दशमलव ५० कित्ता हकप्रद निष्कासनका लागि स्वीकृति पाएका हुन ।

साङ्ग्रीलाको हकप्रद विक्रीको काम प्रभु क्यापिटल र प्रुडेन्सियलको एनआईसी एसिया क्यापिटलले गर्नेछ । हाल साङ्ग्रिला डेभलपमेण्टको १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार र सेन्ट्रल फाइनान्सको  ५२ करोड ६ लाख ६३ हजार चुक्तापूँजी रहेको छ । त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको  ४२ करोड ७६ लाख ८० हजार रहेको छ ।