गत बर्ष १४ लाख कमाएको कम्पनीले यस बर्ष कमायो ८६ लाख

गत बर्ष १४ लाख कमाएको कम्पनीले यस बर्ष कमायो ८६ लाख

February 6, 2019 0 By khabarservice

ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले आर्थिक वर्षको ६ महीनामा गत वर्षकोभन्दा ५ दशमलव ९० गुणा बढी नाफा आर्जन गरेको छ । गत वर्ष यसै अबधिमा १४ लाख ५८ हजार रुपैया नाफा गरेको कम्पनीले यस वर्ष ८६ लाख ६ हजार रुपैया नाफा गर्न सफल भएको हो ।

गत वर्ष सञ्चालन नोक्सानीमा रहेको कम्पनीले यस वर्ष १ करोड ३ लाख ४५ हजार सञ्चालन नाफा गरेकाले नाफा बढ्नमा सहयोग मिलेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा २७ प्रतिशत बढी ३१ लाख ८२ हजार खराब कर्जा उठाएको छ ।

४ सय प्रतिशत हकप्रद जारी गरी चुक्तापूँजी ५० करोड पुर्‍याएको कम्पनीको जगेडा कोष रकम पनि ऋणात्मकबाट सुधारिएको छ । गत वर्ष ५५ लाख ७६ हजार रुपैया ऋणात्मक रहेको जगेडा कोष रकममा सुधार आइ हाल १ करोड ५३ लाख ६५ हजार रुपैया पुगेको छ ।

गत वर्षभन्दा २ प्रतिशत कम ५८ करोड ५ लाख २१ हजार रुपैया निक्षेप संकलन गरेको कम्पनीले ७४ प्रतिशत बढी ७८ करोड ९ लाख २६ हजार रुपैया कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा ३ प्रतिशतबाट घटेर २ दशमलव ३० प्रतिशत कायम भएको छ भने प्रतिशेयर आम्दानी वार्षिक ३ दशमलव ४४ रहेको छ ।