महीनाको पहिलो दिननै नेप्से रातो, कुन कुन कम्पनी कमाउने सुचिमा ?

महीनाको पहिलो दिननै नेप्से रातो, कुन कुन कम्पनी कमाउने सुचिमा ?

February 13, 2019 0 By khabarservice

फागुन महीनाको पहिलो दिन बुधवारनै  नेप्से परिसूचक ७ दशमलव ११ अंकले घटेर  १ हजार १ सय २१ दशमलव शून्य ८ विन्दुमा पुगेको छ ।

महीनाको पहिलो दिन १ हजार १ सय २८ दशमलव २२ विन्दुबाट शुरू भएको कारोबार  दिन भरकै न्यून विन्दु १ हजार १ सय २१ दशमलव शून्य ८ विन्दुमा झरेर बन्द भएको छ  । दिनभरको कारोबारमा परिसूचक उच्च विन्दु १ हजार १ सय ३२ दशमलव ३९ विन्दुसम्म पुगेको  थियो ।

कारोबारमा आएका ११ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ तर बाँकी १० समूहको परिसूचक घटेकाले समग्र नेप्से घटेको थियो ।

बुधवार २३ करोड ८८ लाख बराबरको शेयर कारोबार भएको छ । मंगलवारको तुलनामा कारोबार रकम २३ दशमलव शून्य १ प्रतिशत बढेको हो । मंगलवार १९ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको थियो । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ७३ प्रतिशत घटेर २ सय ३८ दशमलव ४४ विन्दुमा पुगेको छ ।

बुधवार नेप्सेमा १ सय ७४ कम्पनीको शेयर कारोबारमा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय १५ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, २७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ८२ प्रतिशत बढेर प्रतिकित्ता ३ सय ५८ पुगेको छ ।

त्यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य १० प्रतिशत घटेर  ५ सय १३ पुगेको छ । नागरिक लगानी कोषको प्रतिकित्ता  २ हजार ६ सय १० मा सर्वाधिक  १ करोड ३२ लाख बराबरको शेयर कारोबार भएको छ ।