यस कम्पनिले कमायो ६ महिनामानै चुक्ता पुँजीको आदि रकम, हेर्नुस कस्तो छ कम्पनि

यस कम्पनिले कमायो ६ महिनामानै चुक्ता पुँजीको आदि रकम, हेर्नुस कस्तो छ कम्पनि

February 5, 2019 0 By khabarservice

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड ५१ लाख रुपैया खुद नाफा कमाएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १४ करोड ५४ लाख रुपैया खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशत बढेर ३७ करोड ८४ लाख रुपैया पुगेको छ भने सञ्चालन मुनाफा ६ प्रतिशत बढेर २४ करोड ३७ लाख रुपैया पुगेको छ ।

समिक्षा अबधिमा कम्पनीको चुक्तापूँजी ५० प्रतिशत बढेर ३० करोड रुपैया पुगेको छ । जगेडा कोषको रकम २५ प्रतिशत बढेर ८८ करोड २३ लाख रुपैया पुगेको छ ।

कम्पनीले ८ अर्ब ६७ करोड रुपैया कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ६६ प्रतिशत रहेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी १ सय ३ दशमलव ३६ रुपैया रहेको छ ।