एकाबिहानै अँध्यारो छायो मौसम बिग्रेकोले सतर्क रहनुहोला

एकाबिहानै अँध्यारो छायो मौसम बिग्रेकोले सतर्क रहनुहोला

April 6, 2019 0 By khabarservice

जल तथा मौसम पूर्वानुमान महाशाखाले घर बाहिर निस्कँदा सचेत भएर बाहिर निस्कन आग्रह गरेको छ । मौसममा खरावी आएपछि महाशाखाले सचेत हुन आग्रह गरेको हो ।

शुक्रबारदेखि नै मुलुकको मौसममा खरावी आएको छ । शनिबार बिहान एकाएक अँध्यारो भएको छ ।

महााशाखाले मेघ गर्जनसहित भारी वर्षा हुने जनाएको छ । त्यसैगरी देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हुरी बताससहितको वर्ष हुने सम्भावना प्रक्षेपण गरेको छ ।

काठमाडौं उपत्यकामा अध्यारो भएको छ भने वर्षा पनि भइरहेको छ ।

दिउँसो पनि देशको अधिकांश भूभागहरुमा सामान्यदेखि पूर्णतया बदली रहने जनाएको छ । उच्च हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भूभागहरुमा हुरी बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ ।

शनिबार राति पनि हावाहुरीसहित मेघगर्जनसहित वर्षा हुने तथा चट्याङ पर्न सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद्हरुले पश्चिमी बायूको असरले गर्दा नै पहिलेको तुलनामा मौसम बिग्रिएको बताएका छन् । किन बिग्रियो भनेर भन्न भने नसकिने मौसमविद्हरु बताउँछन् ।

नेपालमा प्रविधिको अभावले मौसमबारे यकिन भन्न नसकिएको उनीहरुको गुनासो छ ।